१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

राजपा र फोरम एक हुने, वार्ता समिति गठन

राजपा र फोरम एक हुने, वार्ता समिति गठन
अ अ+ अ-

काठमाडौँ । मधेस केन्द्रीत दुई राजनीतिक दलहरू राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण प्रक्रिया सुरु भएको छ। एक महिनाअघि नै संघीय फोरमले राजपालाई पार्टी एकीकरणको प्रस्तावसहित पत्र पठाए पनि केही दिनको छलफलपछि राजपाले बुधबार राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

विचार मिल्ने पार्टीसँग एकता गर्न भन्दै राजपाले वार्ताका लागि बिर्खेशचन्द्र लाल, रमेश यादव, केशव झा, सुनिल रोहितसतिहका नेताहरु सदस्य रहेको समिति बनाएको छ।

सिके राउत नेतृत्वको समुह राजनीतिको मुलधारमा आउने गरी सरकारसँग ११ बुँदे सहमझदारीसँग थप दवावमा परेका मधेस केन्द्रीत दुई दल पार्टी एकताका लागि साकारात्मक देखिएको स्रोतको दाबी छ। त्यस्तै, राजपाले महेन्द्र यादवको संयोजकत्वमा प्रदेश दुई सरकार संयोजन समिति पनि गठन गरेको छ।

यसैबीच, चक्रीय प्रणालीबाट दुई÷दुई महिनामा नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको संयोजकमा बुधबारदेखि परिर्वतन भएको छ।

पूर्ववत सहमति अनुसार बिहीबार देखि शरतसिंह भण्डारीले संयोजकको भूमिका निर्वाह गर्नेछन्। बुधबारसम्म महेन्द्र यादव अध्यक्षमण्डलका संयोजक थिए। बुधबारदेखि नै अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी भण्डारीलाई दिइएको अध्यक्षमण्डलका सदस्य अनिल झाले जानकारी गराए।

उनले भने, ‘सहमतिअनुसार दुई÷दुई महिनामा अध्यक्षमण्डलका संयोजक परिवर्तन हुन्छन्। जसअनुसार बुधबारदेखि उहाँ (भण्डारी) अध्यक्षमण्डलको संयोजक हुनुभएको छ।’ नागरिक दैनिकमका खबर छ ।