१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी पहिलोपटक विश्वकपपछि राष्ट्रिय टोलीबाट खेल्दै



अ+ अ-

अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दुबैले सन् २०१८ को रसिया विश्वकप पछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्ने निश्चित गरेका छन् । मेस्सीले अर्जेन्टिनाबाट शुक्रबार भेनिज्युलाविरुद्ध म्याड्रिडमा मैत्रीपूर्ण खेल खेल्दैछन् भने रोनाल्डोले पोर्चुगलबाट यूरोप २०२० को छनोटमा यूक्रेनविरुद्ध लिस्वेनमा खेल्न लागेका हुन्।

दुबैले विश्वकपपछि ६ अन्तर्राष्ट्रिय खेल गुमाएका थिए। पोर्चुगल रोनाल्डोबिना नेशन्स कपको सेमिफाइनलमा पुगेको छ। ३४ वर्षिय रोनाल्डोले पोर्चुगलबाट १५४ खेल खेल्दै ८५ गोल गरेका छन् ।३१ वर्षिय मेस्सीले भने अर्जेन्टिनाबाट १ सय २८ खेल खेल्दै ६५ गोल गरेका छन्। मेस्सी राष्ट्रिय टोलीमा फर्कने भएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खुशी व्यक्त गरेका छन्।