१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलज : ‘कागजपत्र’ र ‘प्रेमलीला’



अ+ अ-

फ्राइडे रिलजअन्तर्गत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रवार नेपाली सिनेमा हलमा चलचित्र ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शन भएका हुन् ।

कमेडी र सोसल ड्रामा जनरामा आधारित रहेको चलचित्र ‘कागजपत्र’मा नाजीर हुसेन र शिल्पा मास्के प्रमुख भूमिकामा रहेका छन् । चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका हुन् ।

चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, आर्जेश रेग्मी, लक्ष्मी बर्देवा, निरज सिंह विष्ट, जीवन भट्टराई, रञ्जना ओली, विशाल पहारी, भरत सापकोटा, भीम मैनाली, लोकेन्द्र लेखक र उज्जवल शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रमा मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको छ ।

त्यस्तै, अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्र ‘प्रेमलीला’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यस चलचित्रमा नायिका दीपशिखा खड्का, भारतीय मोडल अली खान र नायक मौसम खड्काको प्रमुख भूमिका रहेको छ ।नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।

चलचित्रमा दीपशिखा, अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् ।




भर्खरै