१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मनाङविरुद्ध संकटा र च्यासलविरुद्ध एनआरटी भिड्दै



अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच पहिलो खेल हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

दोस्रो जितको खोजीमा रहेको संकटा २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यता मनाङ भने लगातार तेस्रो जितको खोजीमा रहनेछ । अपराजित मनाङ २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेल अन्तर्गत च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । सो खेल ४ः४५ बजे सुरु हुनेछ । 

च्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासलले अघिल्ला दुई खेलमा १ जित र एक हार व्यहोरेको छ ।

च्यासल २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

पहिलो जितको खोजीमा रहेको एनआरटीले २ खेलमा १ अंक जोड्दै लिगको १२ औं स्थानमा रहेको छ ।