३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर

रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बुधबार केन्द्रीय नेतृत्व चयनका लागि हुने निर्वाचनलाई केन्द्रमा राख्दै उम्मेदवारहरूले मत माग्ने अभियानलाई तीव्र बनाएका छन्। महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा उम्मेदवारहरू प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, आफ्ना योजना प्रस्तुत गर्दै समर्थन जुटाउने प्रयासमा देखिएका छन्।

महाधिवेशनको पहिलो चरणको निर्वाचनबाट पार्टीले नयाँ नेतृत्व संरचना चयन गर्ने तयारी गरेको छ। यस चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन्। सभापतिमा रवि लामिछाने निर्बिरोध भै सक्नु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार विभिन्न समूह तथा पदहरूमा गरी चार सयभन्दा बढी उम्मेदवारी परेको छ। उम्मेदवारहरूको संख्या उल्लेख्य रहेकाले प्रतिस्पर्धा पनि निकै रोचक र तीव्र बनेको छ। उम्मेदवारहरू आफ्नो अनुभव, राजनीतिक दृष्टिकोण, संगठन निर्माणको योजना तथा पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने एजेन्डा प्रस्तुत गर्दै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेका छन्।

महाधिवेशन प्रतिनिधिहरूले पनि उम्मेदवारहरूको प्रस्तुति, पार्टीप्रतिको योगदान, संगठनात्मक क्षमता र भावी योजनालाई आधार बनाएर मतदान गर्ने बताएका छन्। निर्वाचन प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन आवश्यक तयारी पूरा गरिएको निर्वाचन आयोगले जनाएको छ।

पार्टी स्थापना भएपछि पहिलोपटक भइरहेको महाधिवेशन भएकाले यसलाई रास्वपाको संगठनात्मक विकास र आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा समेत हेरिएको छ।

निर्वाचनको नतिजाले आगामी दिनमा पार्टीको शक्ति सन्तुलन, नेतृत्वको शैली तथा राजनीतिक प्राथमिकतामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ। मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना सुरु गरिने र क्रमश: परिणाम सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

 

तस्बिरः सनद अधिकारी÷रासस