२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको विश्वखाद्य कार्यक्रम, लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन र वल्र्ड फुड प्रोग्रामले नेपालका विद्यालय दिवा खानाको मात्रा बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

बालबालिकाको पोषण सुधार्न, सिकाइ परिणामलाई टेवा दिन र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन नमुना कार्यक्रमका रूपमा यो घोषणा गरिएको हो । एक मिलियन अमेरिकी डलरको सहयोगमा सञ्चालन हुने यस कार्यक्रमले करिब ७० हजार बालबालिकालाई लाभ दिने अपेक्षा गरिएको छ ।

साथै यसले विद्यालय, साना किसान र सरकारी प्रणालीबीच अन्तरसम्बन्ध विकास गर्ने विश्वखाद्य कार्यक्रमले जनाएको छ । घोषणा कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालयमै उत्पादित दिवा खानाले विद्यार्थीको उपस्थिति र सिकाइ परिणामहरू सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस साझेदारीको निरन्तर कार्यान्वयनले दिगोपनलाई बलियो बनाउने र दिवा खाना कार्यक्रमलाई राष्ट्रिय विकास प्राथमिकतामा योगदान दिइ थप दिगो र स्थानीय रूपमा सञ्चालित प्रणालीमा विकसित हुन मद्दत मिल्ने उहाँको भनाइ थियो ।

विश्वखाद्य कार्यक्रमका देशीय निर्देशक रियाज लोधीले यो साझेदारीले सामुदायिक विद्यालयका लागि ताजा, पौष्टिक र स्थानीय खाना उत्पादन गर्न तत्काल प्रभाव पार्ने बताउनुभयो ।

लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष फाब्रिसियो ओलिभेराले स्थानीय किसान, विद्यालय र समुदायलाई सशक्त बनाउँदै बालबालिकाले पौष्टिक विद्यालय खाना प्राप्त गर्ने बताउनुभयो ।