३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

९ महिनापछि मेस्सीको चलेन जादु, अर्जेन्टिना भेनेज्वेलासँग हार्‍यो !

९ महिनापछि मेस्सीको चलेन जादु, अर्जेन्टिना भेनेज्वेलासँग हार्‍यो !
अ+ अ-

काठमाडौं । टोलीका स्थायी कप्तान लिओनल मेस्सी ९ महिनापछि राष्ट्रिय टोलीमा फर्किएको खेलमा अर्जेन्टिनाले नमिठो हार व्यहोरेको छ । नेपाली समयअनुसार शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना भेनेज्वेलासाँग ३–१ ले स्तब्ध बन्यो ।

स्पेनको क्लब एथ्लेटिको मड्रिडको घरेलु रंगशालामा भएको खेलमा अर्जेन्टिना १–३ ले पराजित हुँदा कप्तान मेस्सी गोलविहीन बने ।

भेनेज्वेलाका लागि खेलको २६औं मिनेटमा सोलोमन रोनडनले गोल गरेर अर्जेन्टिनाविरुद्ध अग्रता दिलाएका थिए । उनले उनले रोसाजेसको पासमा गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको अन्तिम समय ४४औं मिनेटमा भेनेज्वेलाका लागि जोन मुरिल्लोले गोल गर्दै खेल २–१ बनाए ।

दोस्रो हाफमा खेलमा फर्किन सुरुबाटै आक्रामक खेल खेलेको अर्जेन्टिनाले खेलको ५९औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत दिएको थियो । लो सेल्सोको पासमा लाउटारो मार्टिन्जले गरेर खेल २–१ बनाएका थिए ।

तर, खेलको ७५औं मिनेटमा भेनेज्वेलाले पेनाल्टी पायो । जसमा जोसेप मार्टिन्जले कुनै गल्ती नगरी गोल गरेर टोलीलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल हुन नसकेपछि खेल भेनेज्वेलाले ३–१ ले जित्यो । यो हारसँगै मेस्सीको लामो समयपछि राष्ट्रिय टोलीको कमब्याक यात्रा हारबाट सुरु भएको छ ।