३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

आईपीएल अघि सन्दीपको हजले गरे तारिफ

आईपीएल अघि  सन्दीपको हजले गरे तारिफ
अ+ अ-

काठमाडौं । पूर्व अष्ट्रेलियन क्रिकेटर एवं चर्चित क्रिकेट विश्लेषक ब्राड हजले नेपालका लेग स्पिनर सन्दीप लामिछानेको मुक्तकण्ठले तारिफ गरेका छन् । बहुचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट खेल्न लागेका सन्दीपलाई हजले बहुप्रतिभावान खेलाडी भनेका छन् । सन्दीपको टोली दिल्लीले (आज) आइतबार मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्दैछ ।

क्रिकेट खेलको प्रख्यात वेभ साइट, इएसपिएन क्रिकिन्फोसँग कुराकानी गदै विश्लेषक हजले यसपटक दिल्लीका लागि सन्दीपले राम्रो नतिजा निकाल्न महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

‘सन्दीप दिल्लीका एक्स–फ्याक्टर खेलाडी हुन् । उनीसँग अहिले धेरै खेलको अनुभव छ । आवश्यक परेको बेला विकेट लिने सन्दीपको क्षमता वेजोडको छ । एक स्पिनरका रुपमा सन्दीपको टर्न र बाउन्स गर्ने क्षमता उत्कृष्ट छ । उनको गुग्ली सटिक छ । अष्ट्रेलियाको बिग बासमा पनि सन्दीपको बलिङ उच्च कोटीको थियो,’ हजले भनेका छन् ।

हजले सन्दीप आइतबार दिल्लीको पहिलो ११ मा पर्ने दावी पनि गरेका छन् । हजले जस्तै भारतका पूर्व क्रिकेटर अजित अग्रखरले पनि सन्दीपको उत्कृष्ट खेलाडी भएकोले उनी पहिलो रोजाईमा पर्ने बताएका छन् । अघिल्लो सिजनमा पनि दिल्लीका लागि अन्तिम तीन खेल खेलेर पाँच विकेट लिँदै सनसनी मच्चाएका सन्दीपले एकबर्षको दौरानमा विश्वका सबै लिग खेलिसकेका छन् । सन्दीपको ६।८० को उत्कृष्ट इकोनोमी सहित ४५ विकेट लिई सकेका छन् ।

यही पृष्ठभूमि र अनुभवको आधारमा यस सिजन दिल्लीले सन्दीपलाई मौका दिने धेरैको अनुमान छ । तर, दिल्ली क्यापिटल्समा अहिले अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी स्पिनर पनि छन् । त्यसैले आइतबार सन्दीपले मौका पाउने वा नपाउने विषयलाई निकै चासोका रुपमा हेरिएको छ ।