१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तानको पेनाल्टीमा स्पेनको जित



अ+ अ-

युरो कप छनोटमा स्पेनले नर्वेमाथि कठिन जित हात पारेको छ । समूह ‘एफ’अन्तर्गत शनिबार राति भएको खेलमा कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गरेपछि स्पेनले नर्वेलाई २–१ गोलले हराएको थियो ।

घरेलु मैदनमा भएको खेलमा स्पेनले १६ औं मिनेटमा खाता खोलेको थियो । रोड्रीगो मोरेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ६५ औं मिनेटमा नर्वेका जोसुआ किङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

प्रतिस्पर्धातमक बनेको खेलमा स्पेनले ७१ औं मिनेटमा पेनाल्टी पाएको थियो । नर्वेका गोलरक्षक रुने जार्सटेनले अल्भारो मोराटालाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई कप्तान रामोसले सदुपयोग गर्दै टोलीलाई जित दिलाए । रामोसको यो टोलीका लागि ९० औं गोल हो ।

सन् १९६४, २००८ र २०१२ को युरो कप विजेता स्पेनले खेलको अन्तिमसम्म थप गोल गर्ने अवसर बनाए पनि अरु गोल गर्न सकेन । समूह ‘एफ’कै अन्य खेलमा माल्टाले फारोेइ आईल्यान्डलाई २–१ र स्विडेनले रोमानियालाई २–१ गोलले नै पराजित गरेको छ ।