२ भाद्र २०८३, मंगलवार
,
Latest
युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तानको पेनाल्टीमा स्पेनको जित



अ+ अ-

युरो कप छनोटमा स्पेनले नर्वेमाथि कठिन जित हात पारेको छ । समूह ‘एफ’अन्तर्गत शनिबार राति भएको खेलमा कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गरेपछि स्पेनले नर्वेलाई २–१ गोलले हराएको थियो ।

घरेलु मैदनमा भएको खेलमा स्पेनले १६ औं मिनेटमा खाता खोलेको थियो । रोड्रीगो मोरेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ६५ औं मिनेटमा नर्वेका जोसुआ किङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

प्रतिस्पर्धातमक बनेको खेलमा स्पेनले ७१ औं मिनेटमा पेनाल्टी पाएको थियो । नर्वेका गोलरक्षक रुने जार्सटेनले अल्भारो मोराटालाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई कप्तान रामोसले सदुपयोग गर्दै टोलीलाई जित दिलाए । रामोसको यो टोलीका लागि ९० औं गोल हो ।

सन् १९६४, २००८ र २०१२ को युरो कप विजेता स्पेनले खेलको अन्तिमसम्म थप गोल गर्ने अवसर बनाए पनि अरु गोल गर्न सकेन । समूह ‘एफ’कै अन्य खेलमा माल्टाले फारोेइ आईल्यान्डलाई २–१ र स्विडेनले रोमानियालाई २–१ गोलले नै पराजित गरेको छ ।