१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास बिस्फोट हुँदा चार जनाको मृत्यु भएको पुष्टि, मृत्यकहरुको शव सग्लो भेटिएन्



अ+ अ-

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका,फुल्पिङकट्टिमा जलविद्युत आयोजनाको बाँधस्थल नजिकै ग्यास बिस्फोट हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । विष्फोटमा दुई जनाको शवको केही भाग सोमबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।

म‌ंगलबार विहान हराइरहेकाहरुको पनि कपाललगायत शवका केही अंगहरु फेला परेकाले चारै जनाको मृत्यु भएको बाह्रबिसे प्रहरीले गरेको छ ।

बाह्रविसे प्रहरीका अनुसार मृत्यु हुनेमा हुम्ला घर भएका सन्डुप लामा, दोलखा घर भएका भाइकाजी शेर्पा, हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठ रहेको बताएको छ ।

सोमबार बेलुकी ६ बजेतिर जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सीआरसीको मजदुर बस्ने क्याम्पमा सिलिण्डर पड्किदा आयोजनामा कार्यरत मजदुर लामा र शेर्पाको घटना स्थलमै मृत्यु भएको थियो ।

ग्यास सिलिण्डर पड्किँदा मृत्यु भएका कसैको पनि शव सग्लो भेटिएको छैन । दुई जनाकोकपालमात्रै भेटिएको प्रहरीले जानकारी दिएको छ । मजदुर बस्ने जस्ताको टहरो समेत विस्फोटमा ध्वस्त भएको छ ।