सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका,फुल्पिङकट्टिमा जलविद्युत आयोजनाको बाँधस्थल नजिकै ग्यास बिस्फोट हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । विष्फोटमा दुई जनाको शवको केही भाग सोमबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।
मंगलबार विहान हराइरहेकाहरुको पनि कपाललगायत शवका केही अंगहरु फेला परेकाले चारै जनाको मृत्यु भएको बाह्रबिसे प्रहरीले गरेको छ ।
बाह्रविसे प्रहरीका अनुसार मृत्यु हुनेमा हुम्ला घर भएका सन्डुप लामा, दोलखा घर भएका भाइकाजी शेर्पा, हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठ रहेको बताएको छ ।
सोमबार बेलुकी ६ बजेतिर जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सीआरसीको मजदुर बस्ने क्याम्पमा सिलिण्डर पड्किदा आयोजनामा कार्यरत मजदुर लामा र शेर्पाको घटना स्थलमै मृत्यु भएको थियो ।
ग्यास सिलिण्डर पड्किँदा मृत्यु भएका कसैको पनि शव सग्लो भेटिएको छैन । दुई जनाकोकपालमात्रै भेटिएको प्रहरीले जानकारी दिएको छ । मजदुर बस्ने जस्ताको टहरो समेत विस्फोटमा ध्वस्त भएको छ ।