१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा झिनो अंकको गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा ० दशमलव ९१ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ४३ दशमलव ५९ अंकमा झरको हो ।

नेप्से परिसूचकमा झिनो गिरावट आउदा कारोबार रकम भने २६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ५ हजार ७ सय ७७ कारोबारबाट ९ लाख ५० हजार ६ सय ४३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २६ करोड ६६ लाख ६ हजार ८ सय १० रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार अधिकांश समूहहरु राताम्मे देखिएका छन् ।

बैंकिङ, उत्पादनमूलक क्षेत्र र अन्य गरी ३ वटा समूह भने झिनो अंकले सुधार आएर हरियाली देखिएका छन् । कारोबार रकमका आधारमा आइतबार पहिलो नम्बरमा बैंक अफ काठमाण्डू लिमिटेड देखिएको छ । यो बैंकको २ करोड १२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक आज दोस्रो स्थानमा देखिएको छ । १ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएर प्रभु दोस्रो नम्बरमा देखिएको हो । यसपछि शिवम् सिमेन्ट, नागरिक लगानी कोष, एनआईसी एसिया बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।




भर्खरै