जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले प्रदेश २ मा स्थगित गरिएको एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म लिने निर्णय गरेको छ ।
रद्द गरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । बोर्डका अनुसार, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुने प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ ।