१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुको सूची सार्वजनिक (सूची सहित)



अ+ अ-

काठमाडौँ । आइतबार साँझको भीषण हावाहुरीबाट बारा र पर्सामा ज्यान गुमाउनेको सूची गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।
जसअनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् ।

मृतककाे नामावली

१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १. अच्छलाल माझी (५५) ग. सुवर्णपुर गाउँपालिका -बारा १. तरिफा खातुन (३०)

२. श्रीप्रसाद यादव(६५) घ. प्रसौनी गाँउपालिकाका -बारा १. अच्छलाल माझी(५५) ङ. महागढीमाइ नगरपालिका -बारा १. कोइरी देवी(७५), च. भारत १. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)- सितामढी ३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज छ.पर्सा जिल्ला १. भवानीपुर राम माझी(४५) २. सुरज माझी(४)

हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।

घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन रहेको प्रहरीले जनाएको छ । उदारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ। घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घरमाथि बिजुलीको पोल, रुख ढलेका छन् । चल्दै गरेका सवारी साधन दुर्घटना भएर मृत्यु भएको सुरक्षाकर्मीले बताएका छन्।

आँधीले बाराको फेटा गाउँपालिकामा धेरै ठूलो क्षति पुर्याएको बताइएको छ । त्यस गाउँपालिकाको वडा नं १ मा सबैभन्दा बढी क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार सो क्षेत्रमा पक्की घरको छाना नै आँधीले उडाएको छ । फेटा गाउँ पालिका र भर्वलियामा धेरै क्षति पुगेको छ । ती क्षेत्रमा रहेका करिब ३ हजार घरमध्ये करिब ८० प्रतिशत क्षति पुगेको स्थानीयको भनाई छ । त्यस्तै पुरैनियामा पनि त्यस्तै क्षति पुगेको छ ।

त्यस क्षेत्रमा पुगेको क्षतिको अवस्था हेर्दा त्यसअघि कहिल्यै त्यस्तो नभएको र आँधीले मात्र त्यस्तो हुन नसक्ने जस्तो देखिएको छ । रुखहरु उखिलिएका छन् भने पक्की घरै छाना उडाएको देखिन्छ । यसरी हेर्दा त्यहाँ भूकम्पले क्षति पुगेकोजस्तो देखिएको छ । घरहरु भूकम्पमाजस्तै भग्नावशेषमा परिणत भएका छन् । ठूलो संख्याका उद्धारकर्मीहरु त्यहाँ खटेका छन् ।


आँधीको कारण के हो ? अहिलेसम्म नेपालको तराई भूभागमा यस्तो आँधी आएको कसैलाई याद छैन ।

कहिलेकाहीँ आउने हावाहुरीले केही कच्ची घरका छाना उडाउने गरेको भए पनि यो रुपमा आँधी आएर यतिविधी क्षति भने पुर्याएको थिएन । स्थानीय बयोबृद्धहरुले पनि सो अनुभव सुनाइरहेका छन् । मौसम विद्हरुले भने हावाहुरीको लक्षण देखेका थिए तर यो रुपमा यति शक्तिशाली आँधी आउला भन्ने अनुमान भने उनीहरुले नगरेको बताउँछन् । यो के मौसम परिवर्तनको असर हो त भनी उठेको प्रश्नमा पनि उनीहरु अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।