१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्धारा हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण (फोटो फिचर)



अ+ अ-

बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेका छन्। उनले बाराको अतिप्रभावित पुरैनियामा हेलिकप्टरबाट निरीक्षण गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई लिन सुरक्षा निकायका प्रमुखहरु सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’,स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ काठमाडौँबाट झापा हुँदै बारा पुगेका थिए ।

उनी झापाबाट सिमरा र सिमराबाट वीरगञ्ज लागेका छन्। आइतबार बेलुका आएको हावाहुरीमा बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ। २३ जनाको सनाखत भएको छ।

मृतककाे नामावली

१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १. अच्छलाल माझी (५५) ग. सुवर्णपुर गाउँपालिका -बारा १. तरिफा खातुन (३०)

२. श्रीप्रसाद यादव(६५) घ. प्रसौनी गाँउपालिकाका -बारा १. अच्छलाल माझी(५५) ङ. महागढीमाइ नगरपालिका -बारा १. कोइरी देवी(७५), च. भारत १. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)- सितामढी ३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज छ.पर्सा जिल्ला १. भवानीपुर राम माझी(४५) २. सुरज माझी(४)

फोटोहरूः कृष्ण पौड्याल/प्रम सचिवालय