१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । सोमबार ६ अंक बढीले सेयर बजारमा सुधार भएको हो ।

६ दशमलव ४३ अंकको सुधार आएर नेप्से परिसूचक १ हजार १ सय ४९ दशमलव ९९ मा पुगेको छ । परिसूचकसँगै सोमबार कारोबार रकममा समेत सुधार आएको छ ।

दिनभर भएका ६ हजार ८५ कारोबारबाट १ सय १७१ कम्पनीका १२ लाख ६५ हजार ६ सय ६२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यसअघि आइतबार २६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । उत्पादन र अन्य गरी दुई वटा समूह भने ओरालो लागेका छन् । बाँकी सबै समूहमा भने हरियाली देखिएको छ ।

कारोबार रकमका आधारमा सोमबार एनआईसी एशिया बैंक पहिलो नम्बरमा देखिएको छ । एनआईसी एशियाको २ करोड २० लाख ७८ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै २ करोड ११ लाख २० हजार रुपैयाँको कारोबार भएर प्रभु बैंक दोस्रो नम्बरमा देखिएको छ । यसैगरी एनएमबी बैंक, नेपाल बैंक, माछापुच्छ«े बैंक कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।




भर्खरै