७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी प्रभावित क्षेत्रमा ४६८ वटा त्रिपाल



अ+ अ-

काठमाडौँ । संघीय सरकारले हावाहुरी प्रभावित जिल्लामा त्रिपाल र कपडा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।

४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ ।

५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए ।