काठमाडौँं । हावाहुरीका कारण घर भत्केर खानबाट वञ्चित भइरहेकाहरुलाई नेपाली काँग्रेस १० लाख रुपैयाँ दिने भएको छ । काँग्रेस प्रदेश नम्बर २ ले हावाहुरी पीडितलाई खाना बस्नका लागी शिविर सञ्चालनका लागि १० लाख दिने घोषणा गरेको हो ।
काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उनले विपतको घडिमा सबै कार्यकर्ता सक्रिय रुपमा राहत तथा उद्धारमा जुट्नु आग्रह समेत गरे ।