१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीको ठक्करबाट ७० वर्षीय बृद्धको मृत्यु, चालक फरार



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् ।

“ठक्कर दिने गाडीको पहिचान भइसकेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।”

स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।