१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीको ठक्करबाट ७० वर्षीय बृद्धको मृत्यु, चालक फरार



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् ।

“ठक्कर दिने गाडीको पहिचान भइसकेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।”

स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।