१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप चम्किएपनि दिल्लीको भाग्य चम्किन सकेन !



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीले नसोचेको हार ब्यहोरेको छ ।

सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाबसँग दिल्लीले १४ रनको अकल्पनीय हार ब्यहोरेको हो । १६ ओभरको समाप्तिमा दिल्लीको तीन विकेटको क्षतिमा १३७ रन बनाएको थियो । अब दिल्लीलाई जितको लागि २४ बलमा ३० रन आवश्यक थियो भने अझै सात विकेट बाँकी थियो ।

तर एकाएक खेलमा परिवर्तन ल्याए पञ्जाबका बलर मोहम्मद शामीले । उनले १६.४ ओभरमा ब्याट्सम्यान रिसभ पन्तलाई ३९ रनमा आउट गराएपछि दिल्लीको विकेट पतन सुरु भयो । यसपछि दिल्लीले जम्मा आठ रन मात्रै बटुल्न सक्यो ।

लगतै अर्को बलमा क्रिस मोरिस शून्यमै रनआउट भएपछि दिल्ली दबावमा आएको थियो । लगतै १७ औं ओभर बलिङ गर्न आए साम कुरान । उनले पनि पञ्जाबका लागि सनशनीपूर्ण बलिङ गरे । साम कुरानले १७.४ ओभरमा कोलिन इन्ग्रामलाई ३८ रनमा आउट गराए । यही ओभरको अन्तिम बलमा हर्षल पटेललाई शून्य रनमै आउट गराएका कुरानले यो ओभरमा मात्र ४ रन खर्चिए ।

त्यस्तै, १९ औं ओभरमा शामीले अर्को विकेट लिएपछि दिल्लीले ८ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । साम कुरानले २०औं ओभरको पहिलो बलमा कागिसो रबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई शून्य रनमै आउट गराएपछि दिल्ली १५२ रनमै समेटिएको थियो ।

दिल्लीले यो सात विकेट गुमाउँदा मात्र ८ रन जोड्न सक्यो । विकेट पतन रोक्न नसक्दा दिल्लीले हार ब्यहोरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । पञ्जाबका लागि डेभिड मिलरले ४३ रनको योगदान दिएका थिए ।

बलिङतर्फ क्रिस मोरिसले तीन विकेट लिँदा रबडा र सन्दीपले समान २–२ विकेट लिएका थिए ।




भर्खरै