१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आश्वासन दिने प्रधानमन्त्री भन्दा धुर्मुस र रवि जाति !



अ+ अ-

पुरैनिया । हावाहुरी प्रभावित क्षेत्रमध्य सबैभन्दा बढी क्षति भएको बारा पुरैनियाका पीडित माझमा कलाकार सीताराम कट्टेल (धुर्मुस) र सञ्चारकर्मी रवि लामिछानेले राहत वितरण गर्न पुगेका छन् ।

फेटा गाउँपालिका–६ को पुरैनिया सोमबार दिउँसो धुर्मुसले ४ सय थान त्रिपाल, ९ क्विन्टल चामल र ४ सय कार्टुन चाउचाउ पुरैनियाका वडाअध्यक्ष जाकिर हुसेनलाई हस्तारन्तरण गरे।

यसैगरी सञ्चारकर्मी रविले पनि पुरैनिया क्षेत्रमा राहत वितरण गरेका छन्। उनले सोमबार साँझ पुरैनिया क्षेत्रमा राहत वितरण गरेका हुन्।

संघीय सरकारले पनि हावाहुरी प्रभावित जिल्लामा त्रिपाल र कपडा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।

४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बारा शाखाले हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक निकालेको छ। अहिले पनि पिडितहरुलाई खान र बस्नको समस्या रहेको छ।

राजपाले पिडितहरुको लागि पाँच लाख आर्थिक सहयोग गरेको छ भने काँग्रेसले १० लाखको सहयोग गर्ने आश्वासन दिएको छ । यता नेकपाले भने एक दिनको तलव दिने घोषणा गरिसकेको छ ।