काठमाडौँ । काठमाडौँको बाफलमा एक बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार उक्त व्यक्तिको हत्या गरि फ्यालिएको छ ।
काठमाडौँ प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । तराई मुलको जस्तो देखिने अन्दाजी २५–२६ वर्षको पुरुषको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ ।