१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी पिडितलाई आधा महिनाको तलब प्रदान गर्छु : भट्टराई



अ+ अ-

काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो प्रतिनिधिसभा सदस्यबापतको आधा महिनाको तलब प्रदान गर्ने भएका हुन् । बारा र पर्सामा विपत्तिमा परेका स्थानीयहरुलाई

उनले राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यले आ–आफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान समेत गरेका छन् ।

उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेका छन्, बारा र पर्सामा भीषण आँधिबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुःखित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागि पर्न जरूरी छ।

उनले कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा रकम पठाउन आह्वान गरेका छन्। उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान समेत गरेका छन्।