७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम सरकारले हुरी प्रभावितहरुलाई एक करोड दिने



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका हुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

यसअघि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।