७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर १५ जना घाइते



अ+ अ-

अछाम । अछाममा हावाहुरीसँगै परेको चट्याङ लागेर १५ जना घाइते भएका छन् ।

सोमबार राति चट्याङ लागेर रामारोशन गाउँपालिका–५ स्थित चारजना र पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडामा ११ जना स्थानीय घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा स्थानीय १४ वर्षीय जगत बोहरा, १९ वर्षीय भिमपुरा दास, ५७ वर्षीय दिर्घे बिक, ४५ वर्षीया ललु बिक, ४० वर्षीया राधिका शाही, १५ वर्षीया कल्पना बोहरा र ५२ वर्षीय बलिराम दास छन् ।

घाइते १५ जनामध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही घाइतेको बयलपाटा अस्पताल र केहीको चिल्तडा स्वास्थ केन्द्रमा उपचार भइरहेको छ ।