७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका राष्ट्रपति इजरायलमा



अ+ अ-

इजरायल । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो चार दिने औपचारिक भ्रमणका क्रममा इजरायल पुगेका छन् ।


स्थानीय समयानुसार सोमबार आपराह्न उनिहरु सो शहरमा पुगेका हुन् ।

राष्ट्रपति बोल्सोनारो र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु जेरुसेलमको एक पुरानो शहर वेस्टर्न वाल पुगेका थिए ।

यो शहरलाई जियुजहरुको एक पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । कतिपय देशले यो वेस्टर्न वाल शहरलाई इजरायलको भू–भागका रुपमा पनि स्वीकार गर्न मान्दैनन् ।

ब्राजिलका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री सो शहरमा केही समय रहनुभएको थियो । उनिहरुले त्यहाँ पुगी उक्त तीर्थस्थलमा प्रार्थना गरेका थिए ।