१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार : दोहोरो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर रु ५० करोड आठ लाख ८१ हजार ७३८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

जलविद्युत् ३.४८ र निर्जीवन बीमा ६।७६ बिन्दुले घट्दा बैंकिङ १९.६७, होटल २०.०१, विकास बैंक ३.६१, वित्त १.६१, उत्पादन ८.७३, अन्य ५.६१, लघुवित्त २.२१ र जीवन बीमा ३८.८६ बिन्दुले बढेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु चार करोड २५ हजार ३७० मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा छ । यस्तै एनआइसी एशिया बैंकको रु तीन करोड ७६ लाख ८४ हजार ४७१, एनएमबी बैंक रु दुई करोड ७१ लाख ५९ हजार १९२, नेपाल बङ्गलादेश बैंक रु दुई करोड २७ लाख ७५ हजार २२०, प्रभु बैंक रु दुई करोड छ लाख ७८ हजार ३३०, प्राइम बैंक रु एक करोड ६३ लाख ६९ हजार ८४७, एभरेष्ट बैंक रु एक करोड ६२ लाख ११ हजार ३३५ र सिटिजन बैंक रु एक करोड ५४ लाख ७५ हजार २६२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ९.४० प्रतिशतले कमाएका छन् । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.८९, एनएमबी हाइड्रो फण्ड ५, पोरखा फाइनान्स ४।६५, जानकी फाइनान्स ४.२७ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले ३.९२ प्रतिशतले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५८, कञ्चन डेभलपमेन्ट बैंक ५.६६, अरुण काबेली पावर लिमिटेड ४.३४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.०१ र युनाइटेड फाइनान्सले २.९८ प्रतिशतले गुमाएका छन् ।




भर्खरै