काठमाडौँ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगंज, बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तव पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले श्रीवास्तवलाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान गर्दा रू ३५,००० भ्रष्टाचार गरेको सप्रमाण पुष्टि भएको हो ।
उनले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको कानूनबमोजिमको चेकजाँच दस्तुर बुझाए पनि प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार चेक एवं गुणस्तर (ल्याब परीक्षण) लगायतको काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग्ने गरेको आयोगका सहायक प्रवक्ता मदन कोइराला बताए ।
श्रीवास्तव विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।