७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार निर्वाचन : लोकतान्त्रिक प्यानलले अग्रता



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएशनको शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलले अग्रता लिएको छ ।

लोकतान्त्रिक प्यानलका निर्वाचान प्रचारप्रसार समितिका संयोजक राजु कटुवालका अनुसार समूहका सुनिलकुमार पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले ६ सय ६९ मत ल्याएका छन् ।

कटुवालले महासचिवमा पनि प्रजातन्त्रवादी समूहले अग्रता हासिल गरेको छ, जस अनुसार सो समूहका लीलामणि पौडेलले ७ सय २१ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ६ सय ५० मत पाएको बताएका छन् ।

सोमबारदेखि सुरु भएको निर्वाचन मतगणनामा मंगलबार अपराह्नपछि मात्रै लोकतान्त्रिक प्यानलले अग्रता हाँसिल गरेको हो ।