१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा आजबाट गुटको अन्त्य भयो: राजेन्द्र लिङ्देन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले कार्यकर्ता र सुभेच्छुकहरुको शीर निहुरिन नदिने बताउनु भएको छ ।  विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भन्नुभयो राजेन्द्र लिङ्देन पनि अरु नेताहरु जस्तै रहेछ भन्ने मौका दिन्न ।

उहाँले भन्ननुभयो  ‘थुक्क, यो राजेन्द्र लिङ्देन पनि उस्तै रहेछ भन्ने मौका दिन्नँ, तपाईंहरुको शीर झुक्ने काम गर्दिनँ,’ नव निर्बाचित अध्यक्ष लिङ्देनले विजय जुलुश ननिकाल्न र माला नलगाइदिन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो  ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’

पार्टीमा आजबाट गुटको अन्त्य भएको दावी गर्दे लिङ्देनले भन्नुभयो  ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’