७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको गुनासो : नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन भए, अब शिक्षा नीति सुधारौं



अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने बताएका छन् । नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको भन्दै उनले पुरानो शिक्षा नीतिमा केहि सुधार गर्नुपर्ने बताएका हुन् ।

बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार नहुनाले गर्दा देशभित्र उत्पादनशील जनशक्ति घट्दै गाएको बताए ।

नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको बताउँदै उनले भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ। यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’

व्यवसायिक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म दिनुपर्ने प्रचण्डले बताए ।