७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार खसोग्गीका सन्तान गद्दार निस्किए, बुवाको हत्याको क्षतीपूर्तीस्वरुप लाखौं डलर र घर लिए



अ+ अ-

काठमाडौँ । हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीका सन्तानले बुवाको हत्याको क्षतीपूर्तीस्वरुप साउदीमा लाखौं डलर मूल्यको धन सम्पति लिएका छन् । उनिहरुले क्षतीपूर्ती स्वरुप घर पाउनुका साथै मासिक १० हजारदेखि १५ हजार डलर पाइरहेको खुलासा भएको छ । यो सुविधा अनिश्चित समयका लागि तोकिएको साउदी अधिकारी र परिवारका नजिकका आफन्तले पुष्टि गरेका हुन् ।

खासोग्गीका जेठो छोरा, जसले सरकारसँग समन्वय गर्छन्, लाई साउदीको जेदाहामा ठूलो घर दिइएको छ । उनी एक बैंकर हुन् । उनका भाई अब्दुल्लाह र दुई बहिनीलाई छुट्टै कम्पाउन्ड भएका तीनवटा छुट्टा छुट्टै घर दिइएको छ ।

सीएनएनका अनुसार खासोग्गीका दुई छोरा र दुई छोरीले खासोग्गीका हत्याका कथित आरोपी बाट ‘ब्लड मनी’ नेगोसियसन स्वरुप ७० मिलियन डलर पाउने सम्भावना रहेको बताएको छ ।

गत अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी दूतावासमा खासोग्गीको हत्या भएको थियो । उनको हत्यामा संलग्न ११ जनाको मृत्युदण्डको माग गरिएको छ ।

यदि उनीहरुले मृत्युदण्ड पाएको खण्डमा साउदीको न्याय प्रणालीले खासोग्गीको परिवारलाई उनको बुवाका हत्यारालाई माफी दिन अनुमती दिन्छ । यसलाई कथित ‘ब्लड मनी’ व्यवस्था भनिन्छ ।

ब्लड मनी सरिया कानून अन्तरगतको कानुनी तन्त्र हो । यसमार्फत् आरोपीले पीडित आफन्तलाई मृत्युदण्डबाट बच्नका लागि पैसा दिने गर्छन् ।