१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराछोरी सामुदायिक विद्यालयमा नपढाउने कर्मचारीको तलब रोकिने



अ+ अ-

काठमाडौं । दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयम पढाउनुपर्ने निर्णय गरेको छ । आगामी शैक्षिक सत्रदेखि गाउँपालिका क्षेत्रमा बसोवास गर्ने सरकारी कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गाउँ कार्यपालिकाले गरेको हो ।

गाउँपालिका शिक्षा समितिको सिफारिस अनुसार २० चैतमा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाएको पाइए त्यस्ता कर्मचारी र जनप्रतिनिधिको तलबभत्ता रोक्का गरिने अध्यक्ष केसीको भनाइ छ । ‘निर्णय उल्लंघन गरेको पाइए जनप्रतिनिधि र सरकारी कर्मचारीको तलब रोक्का हुनेछ,’ अध्यक्ष केसीले भने, ‘सार्वजनिक शिक्षा सुधार्न हामीले यस्तो निर्णय गरेका हौँ । निर्णय अवश्य कार्यान्वयन गर्नेछौँ ।’ उनले गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

प्राविधिक शिक्षामा जोड
सामुदायिक विद्यालयका कक्षाकोठालाई प्रविधिमैत्री बनाइने र शिक्षण विधि प्रयोगात्मक हुने अध्यक्ष केसीले बताए । ‘अभिभावकले सरकारी स्कुलमा पढाउने, अनि छोराछोरीचाहिँ बोर्डिङ स्कुलमा पठाउने चलनको अब अन्त्य हुनेछ,’ उनले भने, ‘यसले सामुदायिक विद्यालयप्रति नागरिककमा विश्वास अभिवृद्धि गर्नेछ ।’ नयाँ पत्रिकामा खबर छ ।