१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजित थापाको आक्रोशः अब राजसंस्था आउँछ, हिमानी शाहलाई पनि बधाई



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित  कमल थापाले एकपछि अर्को गर्दै पूर्व राजपरिवारका सदस्यहरुमाथि आक्रोश व्यक्त गर्दै आइरहेका छन् । 

आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष उनीमाथि खन्याएका थापाले केही समयअघि हिमानी शाहमाथि रिस झारेका हुन् । 

हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापाले जवाफमा आक्रोश व्यक्त गरेका हुन् ।

 

 

 

हिमानीले @HimaniSh123 बाट गरेको ह्यान्डलबाट लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा कमल थापाले आक्रोशित भएर जवाफ फर्काएका हुन् । 

यद्यपि हिमानी शाहको सो ट्वीटर अकाउन्ट आधिकारिक रहेको खुल्नमा आएको छैन ।