१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

नेकपाको मुख्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ता

नेकपाको मुख्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ता
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ ।

पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् ।

पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यलय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेको नेताहरुको घरमा भने बिहानदेखि नै कार्यकर्ता भेटघाटको लागि जाने गरेका छन् ।

सचिवालमा रहेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा बस्नु पर्ने अडान लिएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएका थिए । त्यसयता पार्टी कार्यालयमा कुनै पनि बैठक बसेको छैन् ।

पार्टी कार्यालयमा अध्यक्षद्धय बस्ने कार्यकक्ष बाहेक अन्य सचिवालयका नेताहरु कहाँ बस्ने भन्ने टुंगा लाग्न सकेको छैन् । पार्टी एकीकरण भएपछि नेताहरुलाई पार्टी कार्यालय समेत विरोनोजस्तै लाग्न थालेको छ ।

पार्टीको सचिलाय बैठक भने प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेको छ । माधव नेपाल पक्षले भने पार्टीको सबै बैठक पार्टी कार्यलयमा हुने पर्ने माग गर्दै आएको छ । तर सचिवालयको बैठक भने वालुवाटरबाटै सञ्चालन हुँदै आएको छ । पार्टी कार्यालमा नेताहरु नभेटिने भएपछि कार्यकर्ताहरु आफ्नो गुनासो लिएर नेताको दैलो ढकढक्याउन बाँध्य भएका छन् ।

नेकपा केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारी भन्छन–‘पार्टी कार्यालय सुनसान नै छ, अहिले नेताहरु आउन छोडेका छन, गुनासो बोकेर कार्यालयमा आउनेहरु पनि नेताको घर खोज्दै जाने गरेका छन् ।’

आठ लाख कार्यकर्ता भएका नेकपाको कार्यालय सुनसान हुँदा समेत नेताहरुको कार्यविभाजनको साथै सांगठानिक एकताको काम अझै टुंगो लाग्न सकेको छैन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।