१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

संसद सरावगीद्धारा रोकिएका आयोजनाको स्थलगत अनुगमन, राप्रपाका संसद गाउँनै नफर्किएको गुनासो

संसद सरावगीद्धारा रोकिएका आयोजनाको स्थलगत अनुगमन, राप्रपाका संसद गाउँनै नफर्किएको गुनासो
अ अ+ अ-

भद्रपुर । विकासमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा निर्माणाधिण विकास आयोजनाका काम रोकिएको जनगुनासो बढेपछि प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरी जनताका समस्यामाथि चासो राखेका छन् ।

अघिल्लो सरकारका पालामा काम सरू भएका सडक, खानेपानी, पुल कल्र्भट सिञ्चाइ जस्ता महत्वपूर्ण बहुवर्षे आयोजनाका काम वर्तमान सरकारले वजेट नपठाएपछि रोकिएकोे जनगुनासो आएपछि प्रदेश संसद मार्फत प्रदेश र केन्द्रीय सरकारलाई काम सुचारू गर्न दवाव दिने उद्देश्यले सरावगीले स्थलगत अनुगमन गरेका हुन् । विगतको सरकारका पालामा सुरू भएका खानेपानी, सडक, सिञ्चाइ, अस्पताल भवन, सभागृह जस्ता महत्वपूर्ण बहु वर्षे आयोजना निर्माणका लागि छुट्याइएको वजेट रोकेर निर्माणमा अवरोधको अवस्था सिर्जना भएको स्थानीयले संसद सरावगीसित गुनासो पोखेका थिए ।

झापा सदरमुकाम दक्षिणका निर्माणाधिन रहेका बहुवर्षे आयोजना अन्र्तगत २१ करोडको भद्रपुर स्थित मेची अञ्चल अस्पताल भवन, ११ करोडको गिरिजाप्रसाद स्मृति भवन निर्माण, १६ करोड ३६ लाख ५०हजार ७५५ को चारआली केचना चक्रपथ, केचना ५ करोडको केचना खानेपानी ट्याङ्की, १६ करोड ३६ लाख ६३ हजार ८४९ को पाठामारी—बालुवाडी सडक, १ करोड ५४ लाखको सुकुनाडिगी खानेपानी ट्याङ्की, १ कराड २० लाखको पथरिया कृषितालिम सामुदायिक भवन, १० करोड २२ लाखको सुकुनाडिगी घेरावारी सडक, ५ करोड ५५ लाखको, धेरावारी स्थित देउनिया खोला पुल, बिरिङ खोला झोलुङ्गेपुल, भद्रपुर स्थित भैसावरी जोड्ने मेची खोला झोलुङ्गे पुल, पाठामारी स्थित मेचिखोलाको झोलुङ्गे पुल, लगायत दर्जन बढी करोडौंका आयोजनाका काममा वजेटका कारण भइरहेको ढिलासुस्ती बारे प्रदेश संसद सरावगीले चासो राख्दै स्थलगत अनुगन गरेका हुन् ।

अनुगमन टोलीमा नेपाली काँग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, क्षेत्रीय उपसभापति चिन्तामणि खरेल, झापा जिल्ला सदस्य कालेन्द्र राजवंशी, महिला संघ भद्रपुर नगर सदस्य ज्योति न्यौपाने, नविसंघ झापा सचिव नारायण नेपाल लगायत रहेका थिए ।

अनुगमनका क्रममा टोलीसित निर्माण अवधि ८० प्रतिशतसम्म पूरा भएर पनि ४० प्रतिशत हाराहारीमा काम अड्कीएका अधिकाम्स आयोजनाको कामको अवस्था बारे संघीय सरकार र प्रदेश सरकारले बेवास्ता गरेको स्थानीयको दुखेसो थियो । निर्माणका चरणमा रहेका केही आयोजनाका काम सुस्तागतिमा भइरहे पनि निर्माण स्थलमा सरकारी प्राविधिकले अनुगमान तथा सुपरिवेक्षणको काम नियमित नगर्दा गुणस्तरहीन निर्माण भइरहेको पाइएको थियो ।

रोकिएका सवै योजनाका काम सरकारले सम्झौता बमोजिम रकम भुक्तानी नगरेपछि अड्कीएको निर्माण सम्बद्ध कम्पनीका प्रतिनिधिले बताएका छन् । हाल स्थगित रहेका कुनै पनि आयोजनाले गत असारबाट भुक्तानी नआएको दाबी गर्दै काम छोड्न बाध्य हुनु परेको गुनासो राखेका छन् ।
अनुगमन पश्चात यस क्षेत्रका रोकिएका सवै आयोजना सुचारू गराउन प्रदेश संसदमा जोडदार आवाज उढाउने संसद सरावगीले स्थानीयलाई आश्वास्त पारेका छन् ।

उनले प्रदेश सरकारको ढोकामा उभिएर यी सवै आयोजना अलपत्र पार्ने खेल बन्द गराएरै छोड्ने वचन समेत दिएका छन् ।
यता स्थानीय भने संघीय संसदका प्रतिनिधि राजेन्द्र लिङ्देन निर्वाचन जितेपछि झापा क्षेत्र नम्बर ३ का दुरदराजका विकट स्थान नफर्किएको बताउँछन् ।

अधिकांस क्षेत्र विकट तथा पछाडि परेका नागरिकको बसोबास भएको यस निर्वाचन क्षेत्रमा चुनाव अगाडि हरेक दिन आउने लिङ्देन संसद भएपछि रोकिएका आयोजना सुचारूको पहल गरिदेऊ भनेर बिन्ति गर्दा समेत नफर्किएको पीडित स्थानीयले दुखेसो पोखेका हुन् ।