१० असार २०८३, बुधबार
,
Latest
ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा चयन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबारदेखि चितवनमा शुरु भएको सेन्टरको चौथो महाधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार रहेका उनी प्रेस सेन्टरको निर्वतमान महासचिव पनि हुन् ।

साथै, महाधिवेशनको बन्द सत्रले १९९ सदस्सीय समिति घोषणा गरेको छ । बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको हो ।  सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ ।