६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठ तस्कार र बनका पदाधिकारीबिच मुडभेड



अ+ अ-

धनगढी । कैलालीमा काठ तस्कार र बनका पदाधिकारीबिच मुडभेड भएको छ । हरियो सालको रुख काटेर ल्याउदै गर्दा तस्कारसँग मुडभेड हो ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ८ स्थित पथरैया सामुदायिक बन क्षेत्रबाट सालका ५ वटा गोलिया काठ शुक्रबार बिहान साढे २ बजे साइकलमा हरियो सालको रुख काटी साल गोलिया बनाइ साईकलमा लोडगरी ल्याउँदै गर्दा बनका पदाधिकारीबिच मुडभेड हुँदा तस्करहरु फारार भएको पथरैया सामुदायिक बनका अध्यक्ष भद्र बिष्टले जानकारी दिए ।

अध्यक्ष बिष्टका अनुसार वडा नम्वर ८ मा ५ सालका गोलिया सहित, गोलिया बोक्नकै लागि बनाइएको ५ बटा साइकल, रेति १ थान, खुकुरी १ थान, बन्चरो १ थान र रेन्च १ थान बरामद गरिएको बताए । बरामद गरिएको गोलिया सामुदायिक बनको हातामा राखिएको छ ।