
काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा नेपाल टेलिकमले आफ्नो योजना सार्वजनिक गरेको छ। टेलिकले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ।
शुक्रबार नेपाल टेलिकमले एक विज्ञाप्ती जारी गर्दै भोलीदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराउने र ग्राहकले दुई सय मिनेट फोन कल र तीन सय म्यासेज पठाउन सक्नेछन्। त्यस्तै तीन जिवी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ।
टेलिकमले *१४१५३# डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ भने। डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने म्याद राखिएको छ।









