१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा बालकृष्णले पहिला भरतलाई फकाए, पछि पछारे



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन  पक्षका उम्मेदबार भरतकुमार शाहलाई हराउदै इतर समूहका अमरसिंह पुन मगर विजयी हुनु भयो । पुनले ८५२ मत प्राप्त गर्दा संस्थापन पक्षका शाहले ७६७ मत प्राप्त गर्नुभयो ।

शाहले  ८५ मत प्राप्त  नगर्दा पराजीत हुनु भयो तर ८५ मत भित्र कांग्रेस नेता बालकृष्ण खाँणले चलखेल रहेको शाह निकट नेताहरुले आशंका गरेका छन् । शाह निकट एक नेताले भने भाइ रामकृष्ण खाँणलाई सभापति बनाउन बालकृष्ण खाँडले शाह लाई निकै फकाए ,उनलाई प्रदेश अध्यक्षमा जिताउने आश्वासन पनि दिए , शाहले सहयोग नगरेको भए रामकृष्ण निर्विरोध सभापति हुने अबस्था थिएन । तर प्रदेशका आफ्नो प्रतिद्धन्दी ठानेर खाँडले शाहलाई हराउन भूमिका खेल्नुभयो ।

मतदानको समय सम्म संस्थापक्षका मतदाताहरु शाहले जित्ने कुरामा ढुक्क जस्तै थिए  तर परिणाम उनिहरुले सोचेजस्तो आएन । परिणाम प्रतिकुल भएपछि धेरैले गृहमन्त्री समेत रहनु भएका नेता खाँड माथी शंका गरेका छन् ।

रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य तथा संसदको लेखा समितिका सभापति समेत रहनु भएका शाह ४० वर्षदेखि पार्टी सक्रियपूर्बक क्रियाशिल हुनुहुन्छ । ती नेताले भने खाँडले शाह माथी गरेको व्यबहारले उहाँलाई आगामी महाधिबेशनमा अप्ठारो पर्न सक्छ । 

शाहको पराजयले लुम्बिनीमा संस्थापन समूहबाट नेताहरु बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मानबहादुर बिक, दीपकुमार उपाध्याय, सुरेन्द्र हमाल, डिल्ली चौधरीसहितका नेताहरुलाई पार्टीभित्र थप कमजोर बनाउने छ । संस्थापन समूहबाट सम्भावित महामन्त्रीको उम्मेदवार खाँणलाई पनि आफ्नै प्रदेशमा पराजित हुनु प्रत्युत्पादक बन्न सक्छ ।