२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा हुनानका सांस्कृतिक पोष्टरहरुको बृहद् प्रदर्शनी



अ+ अ-

काठमाडौं । काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको बृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो ।

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालका लागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक यान फू छुले संयुक्त रुपमा सो प्रदर्शनीको उद्घाटन गरे । अतिथिहरुले प्रदर्शनीमा राखिएका पोष्टरहरु निक्कै चाख मानेर अवलोकन गरेका थिए ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक याङ फू स्यूले हुनानको कला नेपालमा प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए । हुनान प्रान्त सांस्कृतिक विविधताले भरिएकोले त्यहाँको संस्कृति कलामार्फत प्रदर्शन गर्ने जमर्को गरिएको बताए । प्रदर्शनीबाट हुनानको इतिहास, संस्कृति बुझ्न सहयोग पुग्ने उनले बताए । उनले हुनान अत्यन्तै सुन्दर भएकोले नेपालीहरुलाई घुम्न आउन निम्ता पनि दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले आफू पनि हुनान पुग्न र हेर्न नपाएकोले प्रदर्शनीबाट धेरै कुरा जान्न पाएको बताइन् । सांस्कृतिक रुपमा सवल रहेको हुनान चिनिया नेता माओको जन्म स्थान पनि भएको बताउँदै राजदूत हौले एक पटक घुम्नु पर्ने ठाउँ भएको बताइन् । केही वर्ष यता बेल्ट एण्ड रोड क्षेत्रको व्यवहारिक सहकार्यमार्फत मजबुत गरेको दुई मुलुकको सम्बन्धलाई हुनान क्षेत्रको सांस्कृतिक पोष्टरहरुले पनि जोडेको उल्लेख गरिन् । उनले भनिन्, ‘आजको पोष्टर प्रदर्शनी एक महत्वपूर्ण कदम हो । यसले दुई मुलुकको सांस्कृतिक आदानप्रदानलाई बढावा दिनेछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता तथा सांसद महेश बस्नेतले हुनानको सांस्कृतिक पक्षलाई नेपाल सामु पस्केको बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्विरहरुले हुनान संस्कृतिको विशेषताहरु झल्काएको छ, त्यहाँको आदर्श जीवनशैली, स्वभावसादगी, इमान्दारीता र आत्मविश्वास तथा यस क्षेत्रको सफलता र विकासलाई समावेश गरेको छ ।’




भर्खरै