९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

महासचिव पौडेलद्वारा सियानमा दक्षिण एसिया अध्ययन केन्द्र उद्घाटन

महासचिव पौडेलद्वारा सियानमा दक्षिण एसिया अध्ययन केन्द्र उद्घाटन
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वाविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को आयोजत एक समारोहबीच उद्घाटन गरेका छन् ।

सियान नगर सरकार (सियान म्युनिसिपल गभर्मेन्ट्ं) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवद्र्धनका बारेमा अनुसन्धान गर्दछ ।

उक्त विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा।राजिवकुमार झा सो केन्द्रको निर्देशक रहेका छन् । उनले दिएको जानकारीअनुसार उक्त अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्छ ।

सो केन्द्रको उद्घाटन गर्दै महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गर्नुभयो । उहाँले दुई देश एक अर्कोबाट लाभान्वित हुदै आएको प्रसंग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गर्नुभयो ।

चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताए । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गरे ।

हाल चीनमा रहनुभएका महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ उनको राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ ।

यस अध्ययन केन्द्रका निर्देशक प्रा।डा।झाले चीन र दक्षिण एसियाली मुलुकहरु तथा विशेषगरी नेपाल र चीनबीचको सम्बन्धलाई अझ नजिक ल्याई थप प्रगाढ बनाउने काममा सहयोग पु¥याउने बताए ।
उनले भने– हामी नेपाल र चीन सम्बन्धका हिसाबले धेरै नजिक छौँ तर पनि कुन क्षेत्रमा के कसरी लगानीका सम्भावनाहरुलाइ अघि बढाउने भन्ने बारेमा अझै स्पष्ट हुन नसकेकोमा यस केन्द्रले आगामी दिनमा दुई देश एक अर्काबाट कसरी लाभान्वित हुन सक्छन् भन्ने बारेमा अनुसन्धान गर्नेछ ।

प्राध्यापक झा करिब २२ वर्षदेखि चीनमा हुन । सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

उनलाई चीनको सियान सरकारले सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार पनि प्रदान गरेको थियो । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्धारा प्रत्येक दुई वर्षमा उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रदान गर्ने गर्दछ ।