
टवल । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना गर्न छुट भएको र आलोचना गर्नेलाई स्वागत रहेको बताएका छन् ।
मङ्गलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारको आलोचनाले कामको गति नरोकिने बताए ।
‘सरकारको आलोचना गर्न छुट छ, स्वागत पनि छ ।, ’मन्त्री बाँस्कोटाले भने, ‘आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइरहन्छौ। ’
मन्त्री बाँस्कोटाले चुनौतिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सरकारले केही नयाँ काम गर्न खोज्दा आलोचना सहुनुपर्ने बताए ।









