६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रा डिग्री होल्डर विदेश गएर श्रम गर्छन् तर नेपालमा चाहिँ सिन्को पनि भाच्दैनन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको बाहिर गएर जस्तोसुकै श्रम गर्न पनि तयार भएपनि नेपालमा काम गर्ने युवाहरूको कमि रहेको बताएका छन् ।

शिक्षा प्रणालीमै कमजोरी रहेको कारणले गर्दा स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु परेको दुखेुसो गरेका छन् ।

नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको कारण नेपालमा पढेकाहरू यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको बताएका छन् ।

‘के पढ्यौं हामीले, कस्तो मान्छे बनायौं हामीले, यो विषय विचारणीय विषय हो’ प्रचण्डले प्रश्न गरे।‘हाम्रा डिग्री होल्डर धेरै पढेका छन्, तर सामान्य नोकरीका लागि विदेश जानुपर्‍या छ’ उनले भने ।