
काठमाडौं । नेपाल सरकारले चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिसेक बिक्रम शाहलाई प्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ ।
आठ बर्ष देखि पर्यटक क्षेत्रमा कृयाशिल रहदै आएका शाहलाई संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शाहलाई विभूषित गरिएको हो ।
पछिल्लो पटक चन्द्रागिरि हील्स्का महाप्रबन्धक रहेका शाहले चन्द्रागिरिलाई नयाँ पर्यटकीय गन्तब्य बनाउन उल्लेखनीय भूमिका खेलेका थिए ।









