
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ जना बेपत्ता भएका छन् ।
गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको यस भीषण बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै १७ बेपत्ता भएका हुन् ।
यस बाढीमा परी पचासभन्दा बढी घर बगाएको बताइएको छ ।अफगानिस्ताको राजधानी काबुल भएर बग्ने काबुल नदीमा आएको बाढीमा परी एक व्यक्तिको मृत्यु भएको छ । यद्यपी सरकारले सो इलाकामा नजान सूचना जारी गरेको थियो ।









