१४ आश्विन २०८१, सोमबार
,
Latest
पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन् टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरु बेला राजाको गुणगान गाउने अनि हारेपछि चाहिँ आरोप लगाउन मिल्छ ?



अ+ अ-

काठमाडौं । निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण आफू पराजित भएको भन्दै राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेपछि थापाको चर्को आलोचना भयो । पार्टी कार्यालयमा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले भने थापाको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण कुरा भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ । उहाँहरूले गरेको निर्णयको अपमान भएको छ ।’

पूर्वराजा शाहका सम्वाद सचिव फणीराज पाठकले पनि थापाको टिप्पणीप्रति असन्तुष्टि जनाउनु भएको छ । न्यूजपोलारसँग पाठकले भन्नुभयो, ‘राजाको चासो देश र जनताप्रति छ। कुनै पार्टी र त्यसका नेताप्रति कुनै चासो छैन र हस्तक्षेप पनि हुँदैन। अरु बेला राजाको गुणगान गाउने अनि हारेपछि चाहिँ आरोप लगाउन मिल्छ ?’ पाठकले भन्नुभयो, ‘बरु पछिल्लो समय राजनीतिक दललाई नै राजाको आवश्यक्ता परेको महसुस हुन थालेको छ। कुनै दलका शिर्ष नेतालाई होला, कुनै दलका तल्लो तहका नेता र कार्यकर्तालाई होला। तर, देशमा राजाको आवश्यक्ता रहेको अधिकांश पार्टीहरुमा स्वीकार हुन थालेको विषय हो।’

निर्वानमा पराजित भएलगत्तै थापाले ट्वीटरमा पूर्वराजा शाहलाई मेन्सन गर्दै पोष्ट गर्नुभएको थियो । ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’ सम्वाद सचिव पाठकका अनुसार पूर्वराजाले कुनै पनि सामाजिक सञ्जाल चलाउनुहुन्न र उहाँको नाममा एकाउन्ट पनि छैन ।