९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन

संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन
अ अ+ अ-

ठिनी । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ ।

समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।

गत हप्ता मुस्ताङ आएर बुधबार फर्किएको संसदीय टोलीले जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको समेत अध्ययन, अनुगमन गरेर सरोकारवालाहरुसँग छलफलमार्फत सुझावसमेत सङ्कलन गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

टोलीलाई जिल्लाका सरोकारवालाले बेनी–जोमसोम–कोरला सडक आयोजनालाई तीव्रता दिन, विभिन्न स्थानमा मोटरेबल पुल निर्माण गर्न, कोरला नाका सञ्चालनका लागि आवश्यक कुटनीतिक पहल अघि बढाउन, सुरक्षा र प्रशासनिक तयारीका लागि पहल गरिदिन सुझाव दिएका छन् ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन र भ्रमणका लागि आउने भक्तजन तथा पर्यटकहरुको उपचारका लागि चिकित्सकसहितको दरबन्दी भएको स्वास्थ्य संस्था सञ्चालनका लागि पनि माग गरिएको सांसद तुलाचनले बताउनुभयो ।

अध्ययन र छलफलका विषयलाई समेटेर प्रतिवेदन तयार पारी सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाइने सभापति खरेलले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० र कोरला नाका सञ्चालनको तयारीका विषयमा सुझाव सङ्कलनका लागि संसदीय टोली मुस्ताङ आएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का लागि मुस्ताङ पनि मुख्य पर्यटकीय गन्तव्य भएकाले यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने जिल्लाका सरोकारवालाहरुको भनाइ छ ।