६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन हुँदै



अ+ अ-

नयाँदिल्ली । भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ ।

भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यपेक्षकहरु खटाएको जनाएको छ ।

आयोगले बिहारका प्रमुख निर्वाचन अधिकारी अजय नायकलाई विशेष पर्यवेक्षकमा नियुक्त गरेको हो ।

पहिलो चरणको चुनावमा पश्चिम बंगालका कूच बेहार र अलिपुरदुआर चुनाव क्षेत्रमा मतदान भएको थियो भने बाँकी ४० स्थानका लागि विभिन्न छ चरणमा चुनाव हुँदैछ ।